नियम ४
आकस्मिक स्वास्थ्य सेवा
(१) आकस्मिक स्वास्थ्य सेवा अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालले कम्तीमा अनुसूची-२ मा उल्लेख भए बमोजिमको सामान्य आकस्मिक अवस्थाका स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ । (३) जनरल अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पताल तथा अन्य शिक्षण अस्पतालले अनुसूची-२ मा उल्लेख भए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ ।
(४) आयुर्वेद सेवा केन्द्र, विशेषज्ञ आयुर्वेद अस्पताल र होमियोप्याथी अस्पतालले सम्बन्धित चिकित्सा पद्धति बमोजिमका आकस्मिक स्वास्थ्य -सेवा . उपलब्ध गराउनु पर्नेछ।
(५) स्वास्थ्य संस्थाले यस नियम बमोजिमको आकस्मिक स्वास्थ्य सेवा चौबीसै घण्टा उपलब्ध गराउनु पर्नेछ।
(६) आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउँदा बिरामीको रोगको गाम्भीर्यताको आधारमा प्राथमिकता दिई उपचार गर्नु पर्नेछ।
(७) स्वास्थ्य संस्थाले आकस्मिक स्वास्थ्य सेवाका लागि आएका बिरामीलाई आवश्यक पर्ने सबै आकस्मिक स्वास्थ्य सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएमा उपलब्ध भएसम्मको आकस्मिक स्वास्थ्य सेवा तत्काल प्रदान गरी थप उपचारको लागि कारण खोली त्यस्तो सेवा उपलब्ध हुन सक्ने सबैभन्दा पायक पर्ने अन्य स्वास्थ्य संस्थामा तत्काल प्रेषण गर्नु पर्नेछ।
(८) प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा आएका बिरामीलाई तत्काल आकस्मिक सेवा उपलब्ध गराउनुपर्नेछ र सो को लागि आवश्यक भएमा बिरामीलाई अस्पतालमा भर्ना गर्नु पर्नेछ । (९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आकस्मिक स्वास्थ्य सेवाका बिरामीलाई उपचार गर्दा लाग्ने खर्च कुनै कारणले बिरामीले तत्काल बुझाउन नसक्ने भएमा त्यस्ता बिरामीलाई समेत आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
(१०) यस नियम बमोजिम आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउँदा लागेको खर्च ऐनको दफा ४ बमोजिम व्यहोर्नु पर्नेछ ।